राजनीति
प्रचण्डले ३३ वर्षसम्म आँफै टिका लगाएर अध्यक्ष बने, उनको गोठालो बन्न सकिन्नः नेता रायमाझी

पोखरा,पुस १८-
उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले राजनीतिमा कसैको गोठालो बन्न नसकिने बताएका छन । नेकपा कास्की (ओली समूह)ले पोखरामा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गदै रायमाझीले कम्युनिष्टहरु कसैको गोठालो बन्न नसक्ने बताए । राम्रो कुरा भए मान्ने हो, नराम्रो कुराहरु किन मान्ने ? उनले भने, हामी कम्युनिष्ट भनेको कसैको गोठालो हुने हैन । स्वाभिमान हुन्छ नी ।
प्रचण्डसंग विधि र प्रकृया छैन, किन यिनले छाडे र धोका दिए भन्ने ? उनले प्रश्न गरे । आफ्ना गुरु मोहन बैध किरणले त धोका दिइसके, डा बाबुराम भट्टराई र विप्लवले त छोड्न पर्ने भयो,हामी केका लागि बस्ने,उनले भने । पार्टी फुटाउने, सरकार ढाल्ने, मन्त्री रायमाझीले प्रचण्डलाई भनेः ९ वटा सरकार गिराएको मैले देखे, पार्टी त कति टुक्रा कति टुक्रा । प्रचण्ड जुन पार्टीको नेता ३३ वर्ष सम्म अध्यक्ष हुनुहुन्छ, कुनै महाधिवेशन चुनावको सामना गर्नु नपर्ने अनि आफै टिका लगाएर आफै घोषणा गर्ने । अनि माओवादी लिगेसीको कुरा गर्ने । सबैले सर्वसम्मत भएको नेतालाई मान्दा लिगेसी छाडेको हुन्छ,उनले भने ।
आफुले बनाएको प्रधानमन्त्रीलाई सडकमा पछार्ने कोसिस गरेपछि संसद विघटन भएको रायमाझीले बताए । केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट निकालेर सडकमा लौजान खोज्नुभएको थियो,उनले भने, उहाँहरु आफै सडकमा जानुभयो ।
























