खैरहनी
उवासंघ खैरहनीको पहिचान गर्बिलो बनाउँछुः उम्मेद्वार लम्साल

चितवन, माघ १८–
उद्योग बाणिज्य संघ खैरहनीको नयाँ कार्यसमिति चयनका लागि भोलि (सोमबार) मतदान हुँदैछ । कार्यसमितिका लागि उम्मेदवारी दिएका मध्य एक हुन् अर्जुन लम्साल । उनले प्रगतिशील समूहबाट बाणिज्यतर्फको सदस्यमा उम्मेदवारी दिएका छन् ।
लम्साल लामो समयदेखी ब्यवसाय संचालन गरे पनि सामाजिक ब्यक्तित्वको रुपमा परिचित छन् । ब्यवसायसंगै सामाजिक काममा तल्लिन लम्सालले उद्योग बाणिज्य संघलार्इ एउटा पहिचान दिलाउने गरि भुमिका निर्वाह गर्ने बताउँछन् । संघमा रहेर काम गर्दाको अनुभवलाई आत्मसात गरि संघ र ब्यवसायिक हकहितमा प्रयोग गर्ने सदस्यका उम्मेदवार लम्सालले बताए । उनी वर्तमान कार्यसमिति सदस्यमा पनि छन् । आफ्नो समूहले बहुमत प्राप्त गरे उनी पदाधिकारीमा जाने मनस्थिति बनाएका छन् ।
२०६१ बाट ब्यवसाय सुरु गरेका लम्साल शुभकामना बचत तथा ऋण सहकारीको अध्यक्ष, कंकाली माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको अध्यक्ष , सुनगाभा कलेजको संचालक समिति सदस्य, लायन्स क्लब चितवन ईस्टका सदस्य पनि हुन् । भोलि हुने मतदानमा आफुलाई मत दिएर बिजय गराउन न्यु युनिभर्सल फोटो स्टुडियो एण्ड गिफ्ट हाउसका संचालक लम्सालले सबै ब्यवसायिहरुमा अपिल गरेका छन् ।

























