चितवन विशेष

नारायणी माविका ३२ जना दृष्टिविहीन विधार्थीलाई न्यानो लुगा वितरण

०
Banner

चितवन, माघ १७

विभिन्न सामाजिक सेवामा सक्रिय नारायणी सामाजिक विकास समितिले भरतपुरमा रहेको नारायणी सामुदायिक विधालयका दृष्टिविहीन विधार्थीलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।

आज सो संस्थाले विधालयमा अध्ययनरत ३२ जना दृष्टिविहीन छात्रछात्रालाई जाडोको लागि स्वेटर, मोजा, टोपी हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष गौरी खड्काले हरेक वर्षजस्तै यो अहिले पनि दृष्टिविहीन विधार्थीको पढाइमा जाडोले प्रभाव नपारोस् भनेर न्यानो लुगा वितरण गरेको बताइन् । संस्था निरन्तर रुपमा सामजिक सेवामा अगाडि बढिरहेको समेत उनले जानकारी दिइन् ।

यस्तै कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले २०५५ सालदेखि दृष्टिविहीन विधार्थीलाई छात्रबाससहित विधालयले अध्यापन गराइरहेको जानकारी दिए । उनले विभिन्न चुनौतीलाई पछ्याउदै दृष्टिविहीन विधार्थीलाई प्राथमिकता राखेर अध्यापन गराइरहेको बताउँदै न्यानो लुगाको लागि सहयोगी संस्थालाई धन्यवाद दिए । कार्यक्रममा भरतपुर आँखा अस्पतालकी उपव्यवस्थापक तथा नारायणी मावि दृष्टिविहीन इकाइको कार्यसमिति सदस्य छाया श्रेष्ठ, विधालयका प्रध्यानाध्यापक पूर्णप्रसाद दवाडीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>