क्रिकेट

चितवनको माडीमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुँदै

Banner

चितवन, माघ १७–

चितवनको माडीमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । बसन्तपुर युथ क्लवको आयोजनामा आउँदो फागुन २२ गतेदेखि (टेनिस बल) खुल्ला नकआउट क्रिकेट प्रतियोगिता ‘माडी क्रिकेट कप–२०७७) हुन लागेको हो ।

प्रतियोगितामा देशभरबाट १६ टिमको सहभागिता रहने क्लवका अध्यक्ष पदम विलास पन्तले जानकारी दिए ।

पछिल्लो समय माडीमा पनि क्रिकेट क्रिकेज बढ्दै छ । माडीका युवा क्रिकेटहरुको हौसला बढाउन केही समय पहिले पूर्वकप्तान पारस खड्का समेत माडी पुगेका थिए । खेल माडी बसन्तपुरको चौरमा हुने छ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै सेमिफाइनलबाट बाहिरीएको टिमलाई १० हजारसहित प्रमाणपत्र, म्यान अफ–दि म्याच हुने खेलाडीलाई २ हजारसहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र, उत्कृष्ट ब्याट्समम्यानलाई ५ हजारसहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र, उत्कृष्ट बलरलाई ५ हजारसहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र, म्यान अफ दि सिरिजलाई ७ हजार ५ सयसहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र र नबप्रतिभासालि खेलाडीलाई ३ हजार ५ सयसहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पन्तले जानकारी दिए ।

यस्तै अनुशासित टिमलाई ५ हजारसहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>