राजनीति

नेकपा आधिकारिकता विवाद टुंगियो, अब ओलीको हस्ताक्षरमा चुनावी प्रक्रिया चल्छः सुवास नेम्वाङ

Banner

काठमाडौं,माघ १६-

संविधानसभा अध्यक्ष तथा नेकपाका नेता सुवास नेम्वाङले नेकपाको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगले टुंगो लगाइसकेकाले अब चुनावी प्रक्रिया शुरु भएको दाबी गरेका छन् । निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता तथा अन्य तयारीका बारेमा छलफल गर्न बोलाइसकेको भन्दै नेम्वाङले अब नेकपाको कुन पक्ष आधिकारिक भन्ने कानूनी विवाद नै नरहेको दाबी गरे ।

नेम्वाङले भने, ‘आधिकारिकताको कुरा अब सकियो । हाम्रा केही साथीभाइहरु मनमनै आत्तिएर के बोल्दै हिंड्नुभएको छ । तर नेकपा विभाजन भएको छैन भन्ने हाम्रो मान्यता नै आयोगले स्थापित गरिदिएको छ । अब केपी ओलीको आधिकारिक हस्ताक्षरसहित नेकपा दल दर्ता हुन्छ ।’ नेम्वाङले निर्वाचन आयोगले आज नेकपाका दुवै पक्षलाई पार्टी विवादको सन्दर्भमा छलफल गर्न नबोलाएको प्रष्ट पारे । विवादको टुंगो लागिसकेको भन्दै उनले संविधान र कानूनको दफा तोकेर आयोगले निर्वाचन तयारीका लागि छलफलका लागि बोलाएको उनको भनाइ छ ।

नेम्वाङले भने, ‘हाम्रा साथीभाइ ४४१ जनालाई आयोगले मान्यता दियो अब हामी नै हौं भन्दै हिंड्नुभएको छ । आयोगले त केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टीलाई नै मान्यता दिएको हो । अब उहाँहरुलाई चित्त नबुझे अर्को दल दर्ता गर्न जान सक्नुहुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>