खैरहनी

आर्थिक अभावले विधालय जान नसकेका खैरहनीका दुई विधार्थीलाई छात्रवृति

Banner

चितवन पुस १६-

चितवनमा सक्रिय सामजिक संस्था बेटर चितवनले ‘१०० विद्यार्थी छात्रवृत्ति कार्यक्रम’ अन्र्तगत पहिलो चरणमा आज दुई विधार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । पत्येक वर्ष आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयको आधारभूत शिक्षाबाट टाढा रहेका १०० विधार्थीलाई संस्थाले छात्रवृति वितरण गर्दै आएको छ।

सोहिअन्र्तगत आज (विहीबार) पहिलो चरणमा खैरहनी नगरपालिका हर्नरीमा अवस्थित दिव्यज्योती आधारभूत विद्यालयमा कक्षा ३ र कक्षा ५ अध्ययनरत नमिता प्रजा र विनिशा प्रजालाई छात्रवृति वितरण गरिएको हो । दुई छात्रालाई विद्यालयको अध्ययन खर्च, खाजा खर्च, विद्यालय पोशाक, जुत्ता, स्वेटर, झोला, स्टेशनरी सामग्री, पुस्तक, हाइजिन सामग्री, मास्क लगायतका अत्यावस्यक सामग्रीहरू सहयोग गरिएको बेटर चितवनका अध्यक्ष सागर कार्कीले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयको आधारभूत शिक्षाबाट टाढा रहेका २ विधार्थीहरु नमिता र विनिशाले बेटर चितवनको विद्यार्थी छात्रवृत्ति कार्यक्रम मार्फत पुनः विद्यालयको शिक्षा सुरु गरेको संस्थाकी शिक्षा विभागकी संयोजक अस्मिता सापकोटाले बताइन ।कार्यक्रममा गर्ल्स युथ क्लबको तर्फबाट रीड नेपालको सहयोगमा अन्य विद्यार्थीहरुलाई विद्यालयको पुस्तक पनि वितरण गरिएको थियो ।

दोस्रो चरणमा माडीमा अध्ययनरत १६ जना बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गर्ने तयारी गरिरहेको छात्रवृति कार्यक्रमका व्यवस्थापक विमोचन आचार्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>