राजनीति

२ नम्बर प्रदेशमा पूर्वमाओवादीका ६ सांसद ओलीतर्फ

Banner

जनकपुर पुस १५-

२ नम्बर प्रदेशमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो झड्का लागेको छ । जनयुद्धकाल देखि नै प्रचण्डको साथमा रहेका पूर्व माओवादीका तर्फबाट सांसद भएका ६ जना प्रदेश सांसदहरु नेकपाको केपी शर्मा ओली पक्षमा लागेका छन् । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट साविकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका प्रदेश सांसद रामचन्द्र मण्डलसहित कून ६ जना प्रचण्ड पक्षधर नेताहरु ओलीतर्फ लागेका छन् । सांसद मण्डल प्रदेश सभामा प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति पनि हुन् ।

मण्डलका अनुसार सिरहाको निर्वाचन क्षेत्र नम्बर ४(क) बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित दिलिपकुमार साह, रौतहटको ३ (ख)बाट निर्वाचित कुन्दनप्रसाद कुशवाहा, बाराको ३(क)बाट निर्वाचित ज्वाला कुमारी साह, बाराका समानुपातिक सांसद मोहम्मद समिर, सिरहाबाट समानुपातिक सांसद फुलियादेवी सदायसहित कूल ६ जना पूर्वमाओवादीको तर्फका सांसदहरु ओली पक्षमा खुलेर लागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>