खैरहनी

खैरहनी नगरपालिकाले एकैपटक तीन पुल बनाउँदै

Banner

चितवन, पुस १५–

चितवनको खैरहनी नगरपालिकामा विकास निर्माणको काम धमाधम भईरहेको छ ।

चालु आर्थिक वर्षको असार अगावै सम्पन्न हुने गरि नगर गौरव योजनासहित अन्य योजनाको काम तीव्र रुपमा भईरहेको मेयर लालमणि चौधरीले बताउनुभयो । ‘कोरोना भाइरसले गतवर्ष केही ठूला योजनाहरु पनि हुन पाएनन्’ मेयर चौधरीले भन्नुभयो ‘गतवर्ष र यो वर्षका नगर गौरवका योजनाहरुलाई असार अघिनै सक्ने गरि काम तीव्र पारिएको छ ।’ खैरहनीको नगर गौरव योजनामा परेका तीन वटा पुलको निर्माण कार्य दु्रत गतिमा भईरहेको छ ।

खैरहनी–२ लदरी खोला, खैरहनी–९ चात्रा खोला र खैरहनी–७ र ९ लाई जोड्ने पम्फा खोलामा नगरकै लगानीमा पुल निर्माण भईरहेको मेयर चौधरीले जानकारी दिनुभयो । सिमलटाँडीदेखि दक्षिणतर्फ सुर्तनीमा २ करोड २४ लाखको लागतमा पुल बन्दैछ । तटवन्धनसहितको पुल निर्माण गर्न लागिएको हो । केविसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरिरहेको छ ।

खैरहनी–२ लदरा खोलामा १ करोड ९५ लाखमा जि.एम.आर कन्स्ट्रक्सन प्रालि भरतपुरले दु्रत गतिमा काम गरिरहेको छ । सो पुलको बटम स्लाव र पिल्लर ढलानको काम भईसकेको नगरपालिका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताउनुभयो । त्यस्तै सडक बोर्डको गलत डिजाईनका कारण चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैले बनाउँदै छ । एक करोड ७ लाखमा सम्झौता भएको सो योजनाको अहिले फाउण्डेसनको काम भईरहेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । एम.आर एण्ड गु्रप डि.एन.वी जेवी भरतपुरलाई ठेक्का परेको हो ।

गत वर्ष खैरहनी नगरपालिकाले दुई वटा पुल बनाएको थियो । खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलियाले नगर गौरव र अन्य योजनाका कामहरुको नियमित अनुगमन भईरहेको बताउनुभयो । त्यस्तै शीत भण्डारको काम अन्तिम चरणमा पुगेको छ भने खोलाहरुमा अहिले झण्डै ७ करोड बराबरको तटवन्धन र स्पर निर्माणको काम समेत भइरहेको छ । राप्ती नदिमा स्पर निर्माण काम भइरहेको छ भने लदरा, पम्फा र बुढीराप्ती खोलामा तटवन्धनको काम भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>