चितवन विशेष

जगतपुरमा जीप र हात्ती सफारीका लागि घैलाघारी बेलहट्टा पर्यटन उपसमिति गठन

Banner

अपिल घिमिरे

चितवन पौष १४-

चितवनमा कोरोना कहरले थलिएको पर्यटनलाई उकास्न विविध कार्यक्रमहरु सुरु हुन थालेका छन।

पश्चिम चितवनको जगतपुरमा सामुदायिक वन घुम्नका लागि सहज र व्यवस्थित गर्न घैलाघारी बेलहट्टा हरियाली पर्यटन व्यवस्थापन उपसमिति गठन गरिएको छ।
घैलाघारी मध्यवर्ती सामुदायिक वन र बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन भरतपुर २३ जगतपुरले आफ्ना दुवै कार्यसमिति बाट पर्यटन व्यवस्थापन उपसमिति गठन गरेको हो।

२०७७ पौष १२ गतेको छलफल बाट नवगठित समितिको अध्यक्षमा घैलाघारी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष रामप्रसाद चालिसे रहेका छन्।त्यस्तै सचिवमा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ढुण्डि राज अधिकारी रहेका छन्, कोषाध्यक्षमा यम बहदुर दवाडी ,सहसचिवमा रेशम दरै र सदस्य हरुमा इश्वरी प्रसाद सापकोटा,भिम बहादुर पौडेल,पदम बहादुर खड्क रहेका छन् ।

घैलाघारी बेलहट्टा हरियाली पर्यटन व्यवस्थापन उपसमितिको लेखा समितिमा धन बहादुर खड्का ,भविश्वर तिवारी र पारसमणि पौडेल छनौट भएका छन्। नयाँ व्यवस्थापन संगै दुवै सामुदायिक वनका करिव ३०० हेक्टर क्षेत्रमा जीप सफारी, हात्ती सफारी र पैदल संचालनमा आउने अध्यक्ष राम प्रसाद चालिसेले वताए। यस अघि घैलाघरि सामुदायिक वन भित्र १० वर्ष देखि जिप र हात्ती सफारी संचालित थियो भने अव हरियाली सामुदायिक वन भित्र पनि संचालित हुने अध्यक्ष चालिसेले वताए।

सो वन क्षेत्रमा वाह्य पर्यटक घुमाउनका लागि पटिहानीका तिन ठुला होटेल कसरा रिसोर्ट ,जंगल भिल्ला ,र नारायणी सफारी आउने गरेका थिए भने जगतपुरका अन्नपुर्ण र टाइगर ल्याण्डले जीप सफारी गराइरहेका थिए।

झन्डै १० किलोमिटर जीप सफारी गर्दा गैंडाका वथान ,मृग,मयुर र चितुवा अनिवार्य देख्न पाइने हरियाली पर्यटन व्यवस्थापन उपसमिति एवं बेल्हट्टा हरियाली मध्यवर्ती सामुदायिक वनका सचिव रेशम दरैले जानकारी गराए। दुवै वन भित्र घुम्दा सिमसार क्षेत्र ,अजिङ्गर ताल ,खौ खोला ताल ,घुम्न सकिने र ४ वटा मचान बाट टाढा सम्मका जीवजन्तु र चराचुरुंगी समेत अवलोकन गर्न सकिने सचिव दरैले वताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>