Breaking News
सुदूरपश्चिम प्रदेशका मन्त्री बोहरा बर्खास्त
०

धनगढी, पुस १४–
नेकपा विभाजनको असर प्रदेश तहमा देखिन थालेको छ । वाग्मती प्रदेश हुँदै प्रदेश १ मा पुगेको विवाद अब सुदूरपश्चिम प्रदेशमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका हुन् । बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























