खैरहनी

महिलाहरुलाई मेयर चौधरीको आग्रहः क्षमता देखाएर अघि बढ्नुहोस्

Banner

चितवन, पुस १४–

चितवनको खैरहनी नगरपालिकाले महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम सोमवारदेखी सुरु गरेको छ ।

पाँच दिने तालिमको खैरहनीका मेयर लालमणि चौधरीले उद्घाटन गरे । सो अवसरमा मेयर चौधरीले अवसर कुर्ने मात्र नभई आफ्नो क्षमता देखाएर अघि वढ्न आग्रह गरे । ‘पुरुषले अवसर दिन्छन् भनेर कुरेर बस्ने होईन’ मेयर चौधरीले भने ‘आफ्नो क्षमता देखाएर काम गर्न अग्रसर हुनुपर्छ ।’ महिलाले नेतृत्व गरेका हरेक काम सफल हुने समेत मेयर चौधरीले बताए ।

समृद्ध, शान्त, समुन्नत नगर वनाउनका लागि मेयर चौधरीले सामाजिक विकृतीको विरुद्ध लड्न, स्वास्थ्य, शिक्षा, वातावरण, सरसफाई ,विकास निर्माण लगायत काममा जागरुक हुन आग्रह गरे । साना तिना काम अरुले गरिदिन्छ कि भनेर कुरेर बस्नु भन्दा समस्या समाधानमा पहल गर्नु पर्र्नेमा उनले जोड दिए । नगरपालिका सामाजिक विकास समिति संयोजक समेत रहेका खैरहनी–७ का वडाध्यक्ष मनेजर महतोले सामाजिक तथा आर्थिक रुपमा पछि परेका महिलाहरुलाई जागरुक बनाउन तालिमले मद्यत पुर्‍याउने विश्वास व्यक्त गरे । वडास्तरका संघसंस्था, टोल विकास संस्था र क्लवका ३० जना महिलाहरु तालिममा सहभागी छन् ।

तालिममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, सामाजिक विकास समिति संयोजक मनेजर महतो, महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङ, शाखा उपप्रमुख विमला रानाभाट,साना किसान कृषि सहकारी संस्था खैरहनीका व्यवस्थापक चन्द्रवहादुर लामिछानेले सहजीकरण गर्नेछन् ।

मेयर चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने,स्थानीय शिक्षा अधिकारी राजु वानियाँ, सामाजिक विकास समिति संयोजक मनेजर महतो,प्रशासकीय अधिकृत दामोदार अधिकारी लगायतले उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>