राजनीति

आज स्वर्गीय राजा वीरेन्द्रको ७६औं जन्मजयन्ती

Banner

काठमाडौं,पुस १४-

आज पुस १४ गते । स्वर्गीय राजा वीरेन्द्रको ७६ औँ जन्मजयन्ती। उनको जन्म २००२ पुस १४ गते बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट भएको थियो। आज उनको सम्झनामा जन्मजयन्ती मनाउँदैछ।

वीरेन्द्र २०२८ सालमा राजा बनेका थिए । उनी ३० वर्ष राजगद्दीमा बसे । आफ्नो शासनकालमा उनले पञ्चायती व्यवस्थाको सट्टा प्रजातन्त्र स्वीकार गरे । उनकै पालामा २०४७ कात्तिक २३ गते नेपालको संविधान जारी भएको थियो । नेपालमा प्रजातन्त्र स्वीकारेको भन्दै राजतन्त्रका समर्थकहरूलाई चित्त बुझेको थिएन । सोही कारण २०५८ जेठ १९ गते उनको पूरै परिवारको रहस्यमय हत्या भयो । वीरेन्द्रलाई उदार राजा मानिन्छ ।

वीरेन्द्रकै पालामा जनमतसंग्रह भयो । दलहरूमाथि लागेको प्रतिबन्ध फुकुवा भयो । जनता र दलका नेताहरूप्रति घुलमिल हुने राजाका रूपमा वीरेन्द्रलाई सम्झने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>