चितवन विशेष
माडीका चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण
०

चितवन,पुस १३-
चितवनको माडी नगरपालिका वडा नम्बर ७ स्थित परुही खोला किनारमा रहेको चेपाङ बस्तीमा न्यानो कपडा वितरण गरिएको छ । बढ्दो जाडोका कारण समस्यामा परेका बालबालिका तथा महिलाहरुलाई लक्षित गरि न्यानो कपडा वितरण गरिएको हो । काठमाडौ स्थित बाल उद्यान सामुदायिक सेवा समिति नयाँ बानेश्वरको सहयोग तथा साहित्यकार प्रकाश चापागाईं तथा पत्रकारद्वय नारायण सापकोटा र विपिन पाठकको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा सहारा युवा क्लबका अध्यक्ष नविन घिमिरेले बिशेष सहयोग गर्नुभएको थियोे ।
माडी नगरपालिका वडा अध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा चेपाङ जनप्रतिनिधि पुर्णिमा प्रजाले धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























