चितवन विशेष
चितवनमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक साइकल र्याली

चितवन, पुस १३–
चितवनमा लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतनामुलक बृहत् साइकल र्याली निकालिएको छ ।
‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत ‘१०० स्थान १०० साझेदारी, एक घर, एक साझेदार निर्माण’ अन्तरगतको पहिलो कार्यक्रम सचेतनामुलक र्याली निकालिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन र चितवन साइकल राइडर्स क्लवको संयुक्त आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको प्रायोजनमा जनचेतनामूलक वृहत साईकल र्याली निकालिएको हो ।
समाजमा हुने विभिन्न अपराधिक क्रियाकलाप, महिला बालबलिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने हिंसा, लागुऔषध दुव्र्यसनी लगायतका अपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्ने उद्धेश्यले सचेतनामूलक साईकल र्यालीको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रदेश संसाद मिलन बाबु श्रेष्ठले चितवन पहिल्यैदेखी साइकलको राजधानी भएको बताउँदै शारीरिक, मानसिक स्वास्थ्य तथा वातावरणको हिसाबले साइकल चलाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले प्रहरी साझेदारी कार्यक्रमले समुदायमा थप शान्ति सुरक्षा थपिने अपेक्षा गर्नुभयो । उहाँले साइकल प्रवद्र्धनकै लागि महानगरले छात्रछात्रा एवं स्वास्थ्य स्वयमसेविकालाई ४०० भन्दा बढी साइकल प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा साइकल राइडर्स तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो । साइकल ¥याली कार्यक्रममा चितवन राइर्डस क्लबले महिला शसक्तिकरणका लागि मेची–महाकाली साइकल यात्रा गरेकी स्वेता श्रेष्ठलाई विशेष सम्मान पनि गरेको छ ।
साइकल र्याली जिल्ला प्रहरी कार्यालय चितवनबाट सुरु भई चौबिसकोठी हुँदै पिपल चोक, यज्ञपुरी, धर्मचोक, शाहिदचोक, पुलचोक, पोखरा बसपार्क, आँपटारी, मालपोत चोक हुँदै जिल्ला प्रहरी कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।



























