राजनीति
कांग्रेस नेतृत्व अझै पनि झर्ला र खाउँला भन्दै छः बाबुराम भट्टराई
०

काठमाडौं,पुस १२-
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अधिनायक भएको बताएका छन् । उनले यो कदम सच्याउन लोकतन्त्रका लागि सात सालदेखि लडेको कांग्रेस नेतृत्वले भने ढुलमुल गरिहेको बताए ।
‘‘कांग्रेस सात सालदेखि लोकतन्त्रका लागि लडेको पार्टी हो, उसले लोकतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको पनि हो,” डा. भट्टराईले भने, “अहिले हामी प्रतिगमनविरुद्ध लोकतन्त्र ल्याउन सहकार्यका लागि तयार छौं । तर, कांग्रेस नेतृत्व अहिलेको प्रतिगमनविरुद्ध उभिन ढुलमुल गरिरहेको छ, झर्ला र खाउँला प्रवृति देखाउँदै छ ।” उनले प्रधानमन्त्री ओलीमा प्रतिगामी चरित्र रहेको भन्दै त्यसलाई सच्याउन सबै एकजुट हुनुपर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























