चितवन विशेष

माडी कुसुमखोलाका चेपाङलाई न्यानो कपडा वितरण

Banner

चितवन पुस १२-

चितवनको माडी ९ कुसुमखोला चेपाङ बस्ती र प्याउलीमा न्यानो कपडा वितरण गरिएको छ। बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले सोही ठाउँमा पुगेर शनिबार कपडा वितरण गरेको हो ।  पार्टीकी केन्द्रीय सदस्य राजेश्वरी सुबेदीको नेतृत्वमा गएको आठ जना युवाहरुको समूहले बगही बसपार्कबाट दुई घन्टा पैदल हिँडेर न्यानो लुगा वितरण गरेका हुन्।घरका वृद्धवृद्धा, बालबालिका र युवालाई न्यानो लुगा वितरण गरिएको केन्द्रीय सदस्य राजेश्वरी सुबेदीले जानकारी दिइन ।

‘हामीले आमाहरूलाई ज्याकेट, बाहरूलाई हाईनेक र सुरवाल, बालबालिकालाई टोपीदेखि न्यानो कपडाको सेट र युवालाई जाडेको लुगा वितरण गरेका हौँ,’ केन्द्रीय सदस्य सुबेदीले भनिन्।

यो चेपाङको त्यही बस्ती हो जुन राष्ट्रिय निकुञ्जभित्र रहेको राष्ट्रीय निकुन्ज भित्र रहेको भन्दै सरकार र निकुञ्ज प्रशासनले  हात्ती लगाएर घरहरू भत्काउँदै आगो लगाइएको थियो।

गरिब चेपाङ बस्तीमा पुग्दा त्यहाँको अवस्था निकै दयनिय र अभावमा बाँचिरहेको पाएको सुबेदीले बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>