चितवन विशेष

चितवनको भण्डारामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Banner

चितवन, पुस ११ – चितवनको भण्डारास्थिति पूर्वपश्चि राजमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना १ छ ७६७९ नम्बरको पश्चिमतर्फ गइरहेको ट्रयाक्टर आज दिउँसो ४ बजे तिर राजमार्गमा अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सुर्य थापाले जानकारी दिए ।

ट्रयाक्टरमा सवार रहेका ४५ वर्षीय भरत चौधरीको मृत्यु भएको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको डीएसपी थापाले जनाए । ट्रयाक्टरका चालकलाई नियन्त्रणमा लिइएको बताउँदै उनले चालकको अवस्था सकुशल भएको जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>