खैरहनी

चितवनमा गैंडाको आक्रमणबाट एक जना घाइते

Banner

चितवन, पुस ११–

चितवनमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

शुक्रबार राति ९ः४५ बजेको समयमा खैरहनी नगरपालिका–११ का अन्दाजी ४५ वर्षीय फुलबहादुर तामाङ गैंडाको आक्रमणबाट घाइते भएका हुन् । घर नजिकै रहेको आफ्नै खेतमा तामाङलाई गैंडाले आक्रमण गरेको थियो ।

उनको अवस्था गम्भिर रहेको र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>