देश/प्रदेश

प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सुरु, प्रचण्डलाई दलको नेता बनाउने

Banner

काठमाडौं, पुस ८–

विभाजन निश्चित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड(माधव समूहको संसदीय दलको बैठक सुरु भएको छ ।

आज दिउँसोबाट नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा बैठक सुरु भएको हो । सो बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेतामा चयन गर्ने बताइएको छ ।

हिजो बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएर माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>