चितवन विशेष

नेपाली कांग्रेस माडी नगरसमितिद्वारा ३६ जना सम्मानित

Banner

चितवन, पुस ७-

२०४६ सालको जनआन्दोलनको पूर्वतयारीका समयमा गिरफ्तारीमा परेका नेतासहित नेपाली कांग्रेस माडी नगरसमितिले ३६ जनालाई सम्मान गरेको छ ।

सम्मानीति हुनेमा तत्कालिन नेताहरु रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङ्, डा. सूर्यकान्त घिमिरे, नारायण दाहाल, धनरा दुरा, कुशल दुरा, चित्रबहादुर दुरासहित अन्य रहेका छन् ।

आन्दोलनको तयारीका क्रममा माडीको गोविन्द बस्तीमा चित्रबहादुर दुराको घरमा बैठक बसिरहेको अवस्थामा तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरी राज्यलाई बुझाएको दिनको सम्झनामा उनीहरुलाई सम्मान गरिएको हो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उनीहरुलाई सम्मान गरेका हुन् ।

सो अवसरमा बोल्ने कांग्रेस चितवनका नेताहरुले अलोकतान्त्रिक ओली सरकारको विरुद्धमा सबै एक भएर लाग्नु आवश्यक रहेको बताए । जुनसुकै समयमा पनि पार्टीले सरकार विरोधी गतिबिधि गर्न सक्ने भन्दै उनीहरुले सबैलाई निरंकुश ओली सरकारको बिरुद्ध जुट्न उनीहरुले आव्हान गरे । सरकारले अहिले अलोकतान्त्रीक निर्णय गरेको भन्दै उनीहरुले सरकार अधिनायक बादको बाटोमा हिडिरहेको बताए ।

नेपाली कांग्रेस माडी नगरसमितिका सभापति कमल भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापतिहरु रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, पृथ्वीमान गुरुङ कांग्रेसका नेताहरु सबिता बराल, साजन महतोलगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>