राजनीति

राष्ट्रिय जनमोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

Banner

काठमाडौं,पुस ६-

राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको पाटी कमिटीको बैठकले सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको हो । राजमोका अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्यमार्फत प्रकाशित गर्दै सरकारलाई दिएको नैतिक समर्थन फिर्ता गरेको जनाएका छन् । राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेको कार्य असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी भएकाले गलत बाटोका कारण त्यसको तीव्र विरोध र भत्र्सना गरेको जानकारी गराए ।

जनमोर्चाले भनेको छ असंवैधानिक र गलत मनसायले ल्याएको अध्यादेश अनुसारको संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायहरुमा गरेको नियुक्ति पनि असंवैधानिक भएकाले अस्वीकार्य रहेको बताएको छ । ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएको हुनाले हामीले विघटित संसदको पुनस्र्थापनाको लागि माग गर्ने र त्यसका लागि संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>