राजनीति

संवैधानिक परिषदको संरचनामै त्रुटि छः नेकपा मसाल

०
Banner

काठमाडौं,पुस १-

प्रतिनिधिसभामा एक सिटको प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा (मसाल) ले सरकारद्वारा जारी अध्यादेशको विरोध गरेको छ । तर, यसले संवैधानिक परिषदको संरचनामै त्रुटि रहेको भन्दै संसदले त्यसलाई सच्याउनुपर्ने मत प्रकट गरेको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘लामो समयदेखि संसद बसेको छैन र सरकारले अध्यादेशद्वारा नै शासन गर्ने नीति अपनाएको छ । यो लोकतान्त्रिक प्रणालीका विरुद्ध छ र हामीले त्यसको विरोध गर्दछौँ ।’

संवैधानिक परिषदसम्बन्धी संरचनामै त्रुटी रहेको महामन्त्री सिंहले औंल्याएका छन् । उनले अगाडि भनेका छन्, ‘संवैधानिक परिषदको बैठक हुन नसक्दा संवैधानिक नियुक्तिहरुमा लगातार बाधा पुग्ने गरेको छ । त्यसबाट देशलाई धेरै नै क्षति पुग्ने गरेको छ । त्यसबाट के देखिन्छ भने संवैधानिक परिषदको संरचनासम्बन्धी संविधानको संरचनामा नै त्यही गम्भीर प्रकारको त्रुटि छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>