राजनीति
ओली र प्रचण्डलाई नेम्वाङले भेटे, दिए सहमति गर्न सुझाव

काठमाडौँ मंसिर २८-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी एकता जोगाउनका लागि पार्टीका दुवै अध्यक्षलाई सहमति गर्न सुझाव दिएका छन् ।
नेता नेम्वाङले आइतबार प्रधानमन्त्री समेतरहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दुई अध्यक्ष मिल्नुको विकल्प नभएकोमा जोड दिएका छन् ।
ओली निकट नेता नेम्वाङ बिहान ८ बजेतिर खुमलटार पुगेका थिए। उनका अनुसार उनले आजको स्थायी कमिटि बैठकमा दुवै अध्यक्ष मिल्नुपर्छ भन्दै प्रचण्डलाई सुझाव दिएका छन् ।
उनले भने, ‘नेकपाको विवादलाई लिएर ठूलो संघर्षबाट प्राप्त गणतान्त्रिक व्यवस्थामाथि नै प्रहार हुने संकेत मिलेकाले यसलाई रोक्न पनि दुई अध्यक्ष एकै ठाउँमा उभिनुपर्छ भनेर मैले सुझाव दिएको छु।’
ओलीसँग निरन्तर संवाद गरिरहेका बेला नेम्वाङ सहमतिका लागि दौढधुप गरिरहेका हुन् ।
























