राजनीति

पौडेल पक्राउको घटनामा प्रधानमन्त्री र गृहमन्त्रीले माफी माग्नुपर्छ : नेता खड्का

Banner

काठमाडौँ, मंसिर १८-

नेपाली कांग्रेसका नेता दिपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले माफी नमागेसम्म कांग्रेसको आन्दोलन नरोकिने बताएका छन् ।

रिपोटर्स क्लब नेपालमा भएको साक्षात्कार कार्यक्रममा खड्काले सो विचार राखका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोमा ओली र बादल दुवैले माफी माग्नुपर्ने भन्दै देशव्यापी आन्दोलन हुने बताए । नेता खड्काले भने, ‘प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले माफी नमागेसम्म आन्दोलन जारी रहन्छ ।’ १४ वर्ष जेल बसेर राजनीतिक अन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ नेतालाई सामान्य विषयमा नियन्त्रणमा लिनु लोकतन्त्रमाथिको हमला भएको खड्काको तर्क छ । ‘यो सरकार उन्माद र तानाशाही प्रवृत्तिमा चलेको छ । निरंकुशतामा चलेको सरकारलाई सहेर बस्दैनौँ’, खड्काले भने ।

सडक र सदनबाट आन्दोलनको आँधीबेहेरी ल्याएर सरकारलाई बढार्ने चेतावनी खड्काले दिएका छन् । कांग्रेस एक भएर लोकतान्त्रिक मूल्य र मान्यता जोगाउनका लागि अघि बढ्ने बताउँदै उनले राणा र राजा फाल्ने कांग्रेसलाई कम्युनिस्ट फाल्न कुनै समस्या नहुने पनि बताए । त्यसैगरी, खड्काले पछिल्ला दिनमा राजावादीहरु सलबलाएर लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरे । सरकारको कमजोरीका कारण राजसंस्थाको एजेण्डा उठेको भन्दै यसको जिम्मेवारी पनि ओली सरकारले लिनुपर्ने खड्काको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>