खैरहनी

चितवनको भण्डारामा रक्तदान कार्यक्रम हुँदै

Banner

चितवन मंसिर १७ –

कोरोना भाइरस (कोभिड–१९) का कारण रक्तदान कार्यक्रम कम हुँदा चितवनमा रगत अभाव भइरहेको छ ।

सो अभावलाई परिपूर्ति गर्न भण्डारा बजार युवा समाज र जेपी युवा क्लवले संयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा भण्डाराको विशेष सहयोगमा यही मंसिर १९ गते शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको जेपी युवा क्लवका अध्यक्ष अबिप कंडेलले जानकारी दिए । कार्यक्रम तरकारी मण्डी, राप्ती–५, भण्डारमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

स्व. सचिन दनै र स्व. सचिन दनै (नवराज) स्मृतीमा गर्न लागिएको उक्त बृहत खुल्ला रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नुहुन सबैलाई अध्यक्ष कंडेलले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>