राजनीति

प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेकपाको सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित

Banner

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर बैठक २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यससँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ मा बस्नेछ ।

आजको बैठक पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको थियो । हिजो पनि सो प्रस्तावका विषयमा केही छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>