राजनीति
संसद अधिवेशन बोलाउन काँग्रेस नेता महातको माग
०

पर्सा, मङ्सिर १७-
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जनताको समस्यालाई राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसद्लाई बन्द गरिराख्न नहुने भएकाले तत्काल विशेष अधिवेशन बोलाउन माग गर्नुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले देशभित्र उठेका प्रश्नको जवाफ दिन सरकारले संसद्को विशेष अधिवेशन बोलाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले कोरोना सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारले खेलेको भूमिकाबारे प्रश्न उठिरहेको र जनता थप मारमा पर्दै आएको जनाउँदै अब बाध्य भएर पार्टीले सडक सङ्घर्षमा उत्रिने तयारी गरेको पनि बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























