राजनीति

चासोपूर्वक हेरिएको नेकपा बैठक सुरु, प्रचण्डको प्रस्तवमा ओलीले लिखित जवाफ दिने

Banner

काठमाडौं, मंसिर १३-

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिए ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीकाे प्रतिवेदन आजको बैठकमा वितरण गर्ने र त्यसमै छलफल हुने कार्यक्रम छ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूची रहेको उनले बताए ।

यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन ल्याएका हुन् ।

अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदनको कसरी जवाफ दिने हुन् त्यसका आधारमा नेकपाको भावी दिशा तय हुने धेरैको आकलन छ ।

यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।

आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तुति नै पार्टीका लागि एउटा निर्णायक मोड हुनसक्ने भनी चासोपूर्वक हेरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>