राजनीति

प्रचण्डलाई ओलीको पाँचपन्ने जवाफ : गुटबन्दी गर्ने तपाईं नै हो

Banner

काठमाडौं, कार्तिक २८-

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचपन्ने जवाफ फर्काएका छन् । ओलीले पार्टीभित्रको गुटबन्दीको दोष अर्का प्रचण्डलाई दिएका छन्।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनअघि सचिवालय बैठक बोलाउन अनुरोध गर्दै बुझाएको दुईपन्ने पत्रको जवाफ अध्यक्ष ओलीले बिहीबार पाँच पन्नामा लेखेर प्रचण्डलाई फर्काएका हुन् ।

‘दुईपन्ने पत्रको जवाफ अध्यक्ष ओलीले पाँच पन्नामा लेखेर प्रचण्डलाई पठाएका हुन्,’ स्रोतले भन्यो, ‘त्यसको सार गुटबन्दी मैले होइन, तपाईंहरूले गरिरहनुभएकाे छ भन्ने छ।’

‘पत्रमा प्रचण्डलाई गुटबन्दी छोडेर पार्टी, देश र जनताको हितमा काम गर्न आउन आग्रह गरिएको छ।

पत्रमा प्रधानमन्त्रीको आक्रोश प्रचण्डमाथि नै धेरै देखिएको छ। दुई अध्यक्षबीचमा हुँदै नभएको कुरालाई बाहिर सार्वजनिक गरेको समेत प्रधानमन्त्री ओलीले आरोप लगाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>