राजनीति
प्रधानमन्त्री ओलीलाई अर्को दुुई दिन कुर्ने पाँच नेताको निर्णय
०

काठमाडौं, कात्तिक २५-
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको सचिवालय बैठक सकिएको छ।
पार्टी कार्यालय धुम्बाराहीमा अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षको बैठकले सचिवालयको औपचारिक बैठक राख्नका लागि दुई दिन कुर्ने निर्णय गरेका हुन्।
‘भोलि प्रधानमन्त्री उपत्यकाबाहिर जाने कार्यक्रम रहेछ। पर्सि कात्तिक २७ गते प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्षले सचिवालय बैठक राख्नुहुन्छ भन्ने आशा छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने।
प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले सचिवालय बैठक राख्न लिखित रूपमै अध्यक्ष ओलीसँग माग गरेका थिए।
आज बैठक बस्नुअघि प्रचण्डले ओलीसँग भेटेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























