राजनीति
सांसद गोकुल बाँस्कोटालाई कोरोना संक्रमण
०

काठमाडौँ, कात्तिक ६-
पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण देखिएको छ।
बिहीबार उनले ट्वीटरमार्फत् आफूलाई संक्रमण पुष्टि भएको बताएका हुन्।
पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले श्रीमती र आफ्नो रिपोर्ट पोजिटिभ देखिए पनि दुई छोरालाई भने कोरोना नदेखिएको बताएका छन् ।
‘मलाई पनि पोजेटिभ देखियो । तर राम्रो के भने बितेको दश दिनयता मैले कसैलाई भेटेको छैन। मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित । दुबै छोरालाई नेगेटिभ देखिनु चाहिँ धेरै राम्रो । सुरक्षित रहौँ,’ उनले ट्वीटरमा लेखेका छन्
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























