क्रिकेट
आइपीएलः बैङलोरले कोलकत्तालाई ८ विकेटले हरायो

काठमाडौं, कार्तिक ५–
कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैङलोर आइपीएलको दोस्रो स्थानमा उक्लिएको छ ।
१० खेलबाट १४ अंकका साथ बैंङलोर दोस्रो स्थानमा उक्लिएको हो । दिल्लीको पनि समान १४ अंक भए पनि रनरेटको आधारमा दिल्ली पहिलो स्थानमा रहेको छ । यो जितसंगै बैंङलोरलाई प्ले अफमा पुग्न सहज भएको छ ।
कोलकत्ताले दिएको ८५ रनको सामान्य लक्ष्य पछ्याएको बैंङलोरले १३.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । कप्तान विराट कोहली १८ र गुरकिरत सिंह २१ रनमा नटआउट रहे । कोलकत्ताका फर्गुसनले एक विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको कोलकत्ता निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ८४ रन मात्रै जोड्न सक्यो । उसका लागि कप्तान इयान मोर्गनले ३० रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले सम्झनालायक प्रदर्शन गर्न सकेनन् ।
बैंङलोरका लागि मोहम्मद सिराजले ३ विकेट लिए । उनले ४ ओभरमा २ मेडन राख्दै मात्र ८ रन खर्चिए । यस्तै चहलले २, नवदिप सैनी र वासिङटन सुन्टरले एक÷एक विकेट लिए ।

























