Uncategorized

नवलपुरबाट निर्वाचित कांग्रेसका महामन्त्री शशांकले ‘दसैं खर्च’ भन्दै पत्रकारलाई पैसा बाँडे

Banner

काठमाडौं,कार्तिक ४-

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा हजारका नोटहरु हालेर ‘शशांक दाइले पठाउनुभएको’ भन्दै बाँड्दै हिँडेका हुन् ।
मंगलबार दिउँसो एक पत्रकारलाई तिवारीको फोन आयो । उनले पत्रकारलाई भेट्न बोलाए । कोरोनाको जोखिमका कारण बाहिर भेटघाट बन्द गरेको बताएपछि तिवारीले ‘दाइले केही सामान पठाउनुभएको छ, कसैलाई पठाइदिए हुन्छ’ भने । र, कार्यालय नजिकै आएका तिवारीले कार्यालय सहयोगीलाई बन्द खाम थमाए, जसमा १५ हजार रुपैयाँ (हजारका १५ वटा नोट) रहेछ ।

कार्यालय सहयोगीले ल्याएको खाममा कुनै कागजात पो छ कि भनेर खोलेर हेरेपछि लगत्तै पत्रकारले तिवारीलाई फोन गरे । खाममा १५ हजार रुपैयाँ भेटिएको बताउँदै यो कसले पठाएको भनेर श्रेष्ठले दोहो¥याएर सोधे । तिवारीले ‘महामन्त्री शशांक दाइले दसैंका लागि पठाउनुभएको’ जवाफ दिए ।

पत्रकारले यो रकम फिर्ता लिन आउन आग्रह गर्दा उनी अर्को ठाउँमा (पैसा बाँड्न ?) पुगिसकेको बताउँदै भने, ‘पछि फोन गर्छु ।’ पत्रकारले यस्तो रकम आफूले कुनै हालतमा स्वीकार नगर्ने बताएपछि तिवारीले कृष्ण न्यौपानेको नाममा रहेको नबिल बैंकको खाता नम्बर दिए । तिवारीले दिएको सो खातामा कांग्रेस महामन्त्रीले पठाएको १५ हजार रुपैयाँ डिपोजिट गरेर पत्रकारका तर्फबाट फिर्ता गरिएको छ ।

अनलाइनखबारबाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>