समाचार

रुपन्देहीमा थप कोरोना सङ्क्रमितको मृत्यु

Banner

बुटवल, कात्तिक ४-

रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार सोमबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो । ती महिला मधुमेहकी दीर्घरोगी थिइन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यससँगै रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>