समाचार
कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द
०

जलेश्वर, कात्तिक ४-
कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन् ।
कर्मचारीमा कोरोना भाइरस सङ्क्रमणको मिल्दोजुल्दो लक्षण देखिएकाले जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार र नापी कार्यालयसहित चार कार्यालयको कामकाज कात्तिक १५ गतेसम्मका लागि बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारीका कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँले सो अवधिमा ती कार्यालयबाट हुने आकस्मिक र आन्तरिक कामबाहेक अन्य कुनै सेवा प्रवाह नहुने बताउनुभयो ।
ती कार्यालयको सेवा प्रवाह बन्द हुँदा सेवाग्राही मारमा परेका छन् भने सर्वसाधारणले कर्मचारीहरु बहानाबाजी गर्दै जनताको कामकाज ठप्प पारेको आरोपसमेत लगाएका छन् ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























