राजनीति
पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न – यस्तो सरकार किन चाहियो
०

काठमाडौं, कार्तिक ३-
कोरोना महामारीमा जनताको ख्याल नगर्ने केपी ओली सरकार हटाउनु पर्ने बेला आएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ‘रिमुभ केपी ओली’ अर्थात् केपी ओलीलाई हटाउँ भनी आह्वान गरेका छन् ।
भट्टराईले जनतालाई कोरोना उपचार खर्च आफै व्यहोर, वेहोस भए मात्रै अस्पताल जाऊ, वेरोजगार श्रमिक रूँदै गाऊँ फर्क, भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क भन्ने सरकार किन चाहियो भनी प्रश्न गरेका छन् ।
त्यसैगरी उनले सरकारलाई महिनौंदेखि स्कूल–कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर र आसेपासेहरूलाई भने कमिसन र भत्ता डकार भन्ने गरेको आरोप लगाएका छन् ।
‘यस्तो सरकार किन चाहियो?’ उनले भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























