Uncategorized

बाग्लुङका सांसद डा.सुर्य पाठकले फिर्ता गरे दसैँ भत्ता

Banner

बाग्लुङ,कार्तिक २-

बाग्लुङ क्षेत्र नं. १ बाट निर्वाचित नेकपाका सांसद डा. सुर्य पाठकले संसद सचिवालयले उपलब्ध गराएको दसैँ भत्ता फिर्ता गरेका छन् । कानुन विपरीत सांसदले दसैँ भत्ता लिएको भनेर आलोचना भइरहेका बेला थापाले आइतबार संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामा नगद फिर्ता गरेका हुन् ।

उनले एक विज्ञप्ती जारी गर्दै भत्ताबाट प्राप्त भएको ६४ हजार ७० रुपैयाँ आगामी महिनाको पारिश्रमिकबाट कट्टा हुनेगरी सचिवालयमा बुझाएको जानकारी दिए । आइतबार नै नेकपा सांसद भीम रावल र काँग्रेस नेता गगन थापाले पनि भत्ता फिर्ताका लागि निवेदन दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>