राजनीति
गगन थापाले फिर्ता गरे दसैँ भत्ता
०

काठमाडौं,कार्तिक २-
नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सचिवालयले उपलब्ध गराएको दसैँ भत्ता फिर्ता गरेका छन्। कानुन विपरीत सांसदले दसैँ भत्ता लिएको भनेर आलोचना भइरहेका बेला थापाले आइतबार संघीय संसद सचिवालयको लेखा शाखामा नगद फिर्ता गरेका हुन्।
थापाका स्वकीय सचिव सानुबाबु बुडबरीका अनुसार थापालाई भत्ताबाट प्राप्त भएको ६४ हजार ७० रुपैयाँ बुझाएको जानकारी दिए। आइतबार नै नेकपा सांसद भीम रावलले पनि भत्ता फिर्ताका लागि निवेदन दिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























