शिक्षा
मासिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरु आन्दोलित, विद्यालय घेराउ
०

काठमाडौँ, असोज ३०-
काठमाडौँको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मसिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरुले विद्यालय घेराउ गरेका छन् ।
कोभिड १९ महामारीको अवस्थामा विद्यालय पनि बाँचनुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटकपटक आग्रह गर्दा समेत सुनुवाई नभएको अभिभावकहरुले बताएका छन् ।
अभिभावकहरुले अनलाइन शिक्षाको छुट्टै शुल्क निर्धारण हुनुपर्ने, वार्षिक शुल्क तिर्न नसक्ने, र विद्यालयमा अभिभावकको प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरुले कोभिडको अवस्थामा अनलाइन शिक्षाको शुल्क निर्धारण गरि लिनुपर्ने ठाउँमा मासिक शुल्कमै ५ सय रुपैयाँ बढाएर लिएको बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























