लुम्बिनी

कोरोनाबाट २९ वर्षीय सुत्केरीको मृत्यु

Banner

बाँके,असोज १८-

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निवासी २९ वर्षीया सुत्केरीको आज बिहान ४ः३० बजे उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्मिएपछि उच्च रक्तश्राव भएका कारण पाठेघरको शल्यक्रिया गर्नाका साथै आठ पिन्ट रगत र चार पिन्ट प्लेटलेट दिँदा पनि स्वास्थ्यमा सुधार नआएपछि शिक्षण अस्पताल कोहलपुरमा प्रेषण गरिएको थियो ।

सेती अस्पतालको प्रयोगशालामै यही असोज १४ गते गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएकोे प्रेषणपत्रमा उल्लेख छ । यही असोज १५ गते अपराह्न ४ः०० बजे शिक्षण अस्पतालमा भर्ना हुँदा महिलाको अवस्था जटिल र बेहोस रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको समन्वयमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । बाँकेका मात्रै २० जनाको कोेरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकोे छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>