प्रवास

अमेरिकाकाको नगर समिति सदस्यमा एक नेपाली नियुक्त

Banner

अमेरिका, असोज १०-

अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आउनुभएको नेपाली मूलको व्यवसायी रामचन्द्र श्रेष्ठ नगर समिति सदस्यमा नियुक्त हुनु भएको छ । उहाँ ब्रानफोर्ड टाउन (नगर)को नगर सदस्यमा नियुक्त हुनुभएको हो ।

गत सेप्टेम्बर २४ का दिन उहाँलाई उक्त नगर पालिकाको नगर सदस्यमा नियुक्त गरिएको हो । उक्त नगरपालिकामा एक पद रिक्त भए पछि श्रेष्ठलाई उक्त नगरमा उहाँले गरेका क्रियाकलाप,गतिबिधि र योगदानको कदर तथा मूल्यांकन गर्दै उक्त पदमा ल्याइएको हो ।

उक्त पदको अवधि २ वर्ष रहेता पनि १० महिनामा मै एक पद रिक्त हुन आएकोले श्रेष्ठले अब बाँकी एक वर्ष २ महिना (अर्थात् १४ महिना )समय अवधिसम्म काम गर्नु पर्ने छ । उहाँलाई डेमोक्र्याटिक ककसले सिफारिस गरेका हुन् ।

अमेरिकाका अन्य शहरमा नगरपालिका तथा महानगरपालिकामा काउन्सिल मेम्बर (नगर परिषद् सदस्य ) भन्ने चलन छ भने कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग) भनिन्छ । नेपाल सिन्धुपाल्चोक चौतरा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुनुहुन्छ । १९९६ मा अमेरिका आउनु भएको श्रेष्ठ २० वर्ष देखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न हुनुहुन्छ ।

२४ वर्ष अगाडि अमेरिका आउनु भएको श्रेष्ठ सन् २०१२ मा कनेक्टिकट मै स्थापित नेपाली समुदायको नेपाली समाज अमेरिका(सोसाइटी अफ नेपालिज इन अमेरिका )को दोस्रो कार्यकालका लागि समेत निर्विरोध निर्वाचित अध्यक्ष हुनुहुन्छ । श्रेष्ठले खुसी हुँदै आफूलाई नियुक्ति गर्ने सबैलाई धन्यवाद दिँदै नेपाल र नेपालीको नाम सदैव उच्च राख्ने बताउनु भयो ।

अमेरिकामा मूलधारको राजनीतिमा नेपाली समुदायको इतिहासमा सबै भन्दा पहिले नगरपालिकाको निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुने किरण सिटौला हुनुहुन्छ । उहाँले मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक नगरपालिकाको उपप्रमुखमा खाता खोल्नु भएको हो भने उहाँ दोस्रो कार्यकालको लागि समेत निर्वाचित हुनुभएको छ । सिटौला पछि क्रमश मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा एचबी ह्यारी भण्डारी, भर्जिनिया हे मार्केटका लागि नगर परिषद् सदस्यमा मधु पन्थी र भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद् सदस्य प्रदिप ढकाल निर्वाचित भै इतिहास कोर्ने मध्येका हुनुहुन्छ ।

अमेरिकाको इतिहासमा श्रेष्ठ यसरी मूलधारमा पुग्ने नेपाली मूलका मध्ये मै पाँचौ हुनुहुन्छ । यो क्रम निरन्तर वृद्धि हुदै गएर इतिहास बन्ने अमेरिकामा रहेका नेपालीहरुको आशा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>