राजनीति

डा. केसीमाथिको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य: गगन थापा

Banner

काठमाडौं  असोज,६

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य भनेका छन् ।

डा. केसीको इच्छा विपरीत प्रहरीले लछारपछार गर्दै राष्ट्रिय ट्रमा सेन्टरमा लगेपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रया जनाएका हुन् ।

‘सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा १ सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईंदैन । अनसनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ । सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>