Breaking News
चितवनमा सर्पको टोकाईबाट एक बालकको मृत्यु, दुई जनाको अवस्था गम्भिर
०

चितवन, असोज ३–
चितवनमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१९ शारदानगर बस्ने रुबी सुनारका २ वर्षीय छोरो रायन रामदामको उपचारको क्रममा चितवन मेडिकल कलेजमा आज (शनिबार) विहान ५ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले नारायणी अनलाइनलाई जानकारी दिए ।
आज (शनिबार) विहान १२ः१० बजेको समयमा आफ्नै घरमा सुतिरहेको बेला मृतक रायनसंगै दुई जनालाई सर्पले टोकेको थियो । विषालु सर्पको टोकाइबाट सोही स्थानकी वर्ष ५६ की केशरी बिक र वर्ष २६ की रुबी सुनारको अवस्था रहेको छ ।
केशरीको चितवन मेडिकल कलेज र रुबीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था गम्भिर रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























