समाचार

पूर्वी नेपालमा ५ रेक्टर स्केलको भूकम्प

Banner

झापा, भदौ २६-

पूर्वी नेपालमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ।

झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार नेपाल भारत सीमा क्षेत्रमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको छ । यसअघि २४ गते धादिङ र १९ गते संखुवासभालाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>