राजनीति
कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमण
०

काठमाडौँ, भदौ २३-
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
ज्वरो आएपछि सोमबार ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको सोमबार बेलुकी नै ह्याम्स अस्पतालले रिपोर्ट दिएको थियो।
उक्त रिपोर्टमा कोरोना संक्रमण देखिएको भन्दै अस्पतालले पुनस् स्वाब परीक्षण गरेको हो।
कोइरालाका सहयोगी भरत तिवारीका अनुसार कोइरालामा ज्वरोबाहेक अरू कोरोनाका लक्षण देखिएको भने छैन।
‘उहाँ नर्मल हुनुहुन्छ। सिटामोल खाएपछि ज्वरो घटिसकेको छ,’ तिवारीले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























