राजनीति

घरबेटीसँग अनावश्यक नाम जोडियो, नयाँ घर खोज्छुः प्रचण्ड

Banner

काठमाडौं,भदौं २२-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाम अनावश्यक रुपमा घरबेटीसँग जोडिएको बताएका छन् । विभिन्न ठेक्का समयमा पूरा नगरेको र राम्रो काम नगरेको कारण विवादमा तानिएका शारदाप्रसाद अधिकारीको ठेक्कासँग आफ्नै कुनै ‘साइनो’ नभएको प्रष्ट पारेका छन् ।

उनले घरबेटीले के लिन्छन् के गर्छन आफूलाई थाहा नभएको र नयाँ घर समेत खोज्न थालेको बताएका छन् । ‘मैले अर्को घर खोज्न थालेको छु,’ जनता टिभीका लागि अन्तर्वार्ता दिँदै प्रचण्डले भनेका छन्, ‘उनीसँग गोरु बेचेको साइनो पनि छैन ।’ उनले पछिल्लो मल विवादमा आफूले कृषिमन्त्रीलाई नै कारवाही गर्न अनुरोध गरेको पनि बताएका छन् ।

आज कृषि मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले मल आपूर्तिको जिम्मा पाएर समयमै काम नगर्ने दुईवटा कम्पनी र तिनका सञ्चालक कारबाही गरेको छ । लिमिटेडले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोका मल्टिप्रपोज पक्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै धरौटी समेत जफत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>