Breaking News

चितवनमा एकैदिन थप तीन जनाको मृत्यु, तिनै जनाको मृत्यु पश्चात कोरोना पुष्टि

Banner

चितवन, भदौं १६–

चितवनमा थप तीन जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनामै कोरोना भाइरस संक्रमण पुष्टि भएको भरतपुर अस्पताल स्रोतले जनाएको छ ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका उनीहरुको सोमबार दिउँसो २ घण्टाको बीचमा मृत्यु भएको थियो । भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष , भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वीचितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

एक जनाको मृत्यु नहँदै र दुई जनाको मृत्यु भईसकेपछि नमुना संकलन गरिएको थियो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । भरतपुर अस्पतालमा सोमबार बिहान मात्रै एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

योसंगै चितवनमा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>