स्वास्थ्य
डाक्टर भोला रिजाल र उनकी पत्नीलाई कोरोना पुष्टि

काठमाडौं,भदौं १६-
वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । डा.रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको छ ।
आफूमा शनिवार नै कोरोना संक्रमण पुष्टि भएको डाक्टर रिजालले बताए । शनिवार कोरोना पुष्टि भएपछि आइतवारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए । ‘स्वास्थ्यकर्मीहरु कोरोनाको जोखिममा छौं, त्यही क्रममा मलाई पनि कोरोना पोजेटिभ भयो, मसँगै मेरो पत्नीलाई पनि कोरोना पुष्टि भयो,’ डा रिजालले भने, ‘शनिवार कोरोना पुष्टि भएपछि आइतबार हामी दुवै जना ह्याम्स अस्पतालमा भर्ना भएका छौं ।’
अस्पतालमा भर्ना भएपछि हाल कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य नै रहेको उनले जानकारी दिए । ‘हिजो अलि समस्या भएको थियो, त्यसैले अस्पताल भर्ना भयौं,’ डा रिजालले भने, ‘अहिले मेरो अवस्था सामान्य नै छ, लक्षणहरु पनि खासै छैन ।’
























