क्रिकेट

सन्दीपको किफायती बलिङ, जमैका ५ विकेटले विजयी

Banner

काठमाडौं, भदौं १०–

क्यारेबियन प्रिमीयर लीग (सीपीएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने  सम्मिलित टिम जमैका तलवाजले आफ्नो दोस्रो जित हासिल गरेको छ । आज (बुधबार) सम्पन्न खेलमा दोस्रो जित हात पार्ने क्रममा जमैकाले गुयना एमाजोन वारियर्सलाई ५ विकेटले पराजित गर्‍यो ।

वारियर्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको जमैकाले १८ औं ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो । जमैकाका लागि बोनर नटआउट ३० र रसेलले नटआउट २३ रन बनाए । वारियर्सका लागि नविन उलहकले २ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको वारियर्सले ९ विकेटको क्षतिमा १०८ रन जोडेको थियो । उसका लागि टेलरले सर्वाधिक २३ रन जोडेका थिए । वारियर्सलाई कम रनमा रोक्न जमैकाका मुजिब उर रहमानले इडवार्डस्ले ३/३ विकेट लिए । मुजिबले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभरमा १ मेडनसहित मात्र ११ रन खर्चिएका थिए । यस्तै नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले मात्र १२ रन खर्चिएर एक विकेट लिए ।

आजको जितसंगै जमैका तलवाज ४ खेलमा २ जित र २ हार व्यहोर्दै ४ अंकका साथ अंकतालिकाको चौथो स्थनमा उक्लिएको छ । आजको खेलमा पराजित भएपनि एक खेल बढी खेलेको वारियर्स ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>