राजनीति

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा घाइते

Banner

काठमाडौं,साउन १-

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा घाइते भएका छन् । हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवाको दायाँ हात भाँचिएको छ । पूर्वप्रधानमन्त्री देउवानिकट स्रोतले घटनाको पुष्टि गरेको छ । स्रोतका अनुसार देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा बेलाबेला पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका साथ हिँड्दै गरेको भिडियो सार्वजनिक हुने गरेको छ । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । पूर्वसभापति देउवा त्यसअघि १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>